अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२७ | Colorodo: 19:42

बिमस्टेक प्रक्रियाप्रति नेपालको पूर्ण प्रतिबद्धता – प्रधानमन्त्री देउवा

बिआरटीनेपाल २०७८ पुष २१ गते ७:३१ मा प्रकाशित

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास बिम्स्टेकमा नेपालको रचनात्मक संलग्नता रहिरहने प्रधानमन्त्री शेरबहादुर देउवाले बताउनुभएको छ । बिम्स्टेक प्रक्रियाप्रति नेपालको पूर्ण प्रतिबद्धता रहेको पनि उहाँले बताउनु भएको छ । आज बिम्स्टेकका महासचिव तेन्जिङ लेकफेसंगको शिष्टाचार भेटवार्तामा उहाँले यस्तो बताउनु भएको हो ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटमा बिम्स्टेकमा हालसम्म भएका प्रगतिलाई कसरी अघि बढाउने तथा बिम्स्टेक प्रक्रियालाई थप सुदृढ बनाउने विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । कोभिड–१९ महामारीका कारण दुई वर्षअघि हुनुपर्ने बिम्स्टेकको पाँचौ शिखर सम्मेलन आगामी चैतमा श्रीलङ्काले आयोजनाको प्रस्ताव गरेको छ । यद्यपि सदस्य देशबाट त्यो अनुमोदन हुन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू