अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४८ | Colorodo: 00:03

इतिहास र संस्कृति जोगाउन जरुरी छ – अध्यक्ष ओली

बिआरटीनेपाल २०७८ पुष २१ गते ७:२० मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रो सभ्यता, इतिहास र संस्कृति जोगाउन जरुरी रहेको बताउनु भएको छ । ओलीले सभ्यताको सृष्टि हाम्रो भूमि भएको तर्क गर्दै यसलाई जोगाएर अघि बढदामात्रै इतिहासमाथि न्याय हुने उल्लेख गर्नुभयो ।

संस्कृति बचाउ अभियन्ताहरुसँग बुधबार आफ्नै निवास बालकोटमा भएको भेटमा उहाँले हाम्रा पूर्वजहरुसँग अरु कसैले तुलना हुन नसक्ने बताउनुभयो । ओलीले सभ्यताको ज्योति यहाँ बलेको र अरुले झिल्को लगेर नयाँ सभ्याताको विकास गरेको भन्दै सभ्यता र संस्कृतिको विकासमा लाग्नेहरुलाई आफ्नो साथ रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू