अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२३ | Colorodo: 23:38

भोली बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित

बिआरटीनेपाल २०७८ पुष २१ गते ७:१९ मा प्रकाशित

प्रतिनिधिसभाको भोलि बस्ने गरि तय भएको बैठक विशेष कारणवश स्थगित भएको छ । भोलि दिउँसो १ बजे बस्ने तय भएको बैठक यही पुस २८ गते बुधबारसम्मका लागि स्थगित भएको संसद सचिवालयले जनाएको छ ।

सङ्घीय संसदका महासचिव डा. भरतराज गौतमले आज जारी गर्नुभएको सूचनामा प्रतिनिधिसभा नियमावली २०७५ को नियम (६) को उपनियम (३) वमोजिम प्रतिनिधिसभाको अर्को बैठक यही पुस २८ गते दिउँसो १ बजे बस्ने गरी निर्णय गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू