अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२४ | Colorodo: 23:39

हेइटीका कार्यबाहक राष्ट्रपतिको पनि हत्या प्रयास, आपराधिक समूहले हानेको गोली छलेर बच्न सफल भएको खुलासा

बिआरटीनेपाल २०७८ पुष २० गते ७:२४ मा प्रकाशित

क्यारेबियन मुलुक हेइटीका कार्यबाहक राष्ट्रपति एरियल हेनरीको गोली हानी हत्या प्रयास भएको छ । गत शनिबार राष्ट्रिय स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा कार्यबाहक राष्ट्रपति हेनरीको हत्या प्रयास भएको खुलासा भएको हो । उत्तरी शहर गोनाइवेसस्थित एक चर्चमा भएको कार्यक्रममा सहभागी भएका हेनरीमाथि आपराधिक समूहले गोली प्रहार गरेका हुन् । हेनरी र उनका अंगरक्षकहरु भाग्दै गाडीतर्फ दौडिएको भिडियो सार्वजनिक भएको छ । घटनामा सुरक्षाकर्मीहरुले चलाएको गोली लागेर १ जनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन् ।

गत जुलाई ७ मा हेइटीका राष्ट्रपति जोबेनल मोइजको आफ्नै निवासमा हत्या भएको थियो । मोइजको सरकारमा प्रधानमन्त्री रहेका हेनरी मोइजको हत्यापछि कार्यबाहक राष्ट्रपति बनेका हुन् ।मोइजको हत्या गर्ने आपराधिक समूहले नै हेनरीको पनि हत्या प्रयास गरेको विश्वास गरिएको छ । तर घटनाको जिम्मेवारी भने अहिलेसम्म कसैले लिएको छैन् ।

कार्यबाहक राष्ट्रपति हेनरीले आपराधिक समूहलाई निमिट्यान्न पार्ने प्रतिवद्धता जनाउँदै आउनुभएको छ । घटना सार्वजनिक भएपछि कार्यबाहक राष्ट्रपतिको कार्यालयले पनि आतंकवादी समूहले हत्या प्रयास गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू