अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०७ | Colorodo: 08:22

‘मदर टेरेसा’ च्यारिटीलाई दिईदै आएको विदेशी सहयतामा लगाइएको रोक प्रति अक्सफामद्वारा आपत्ति

बिआरटीनेपाल २०७८ पुष २० गते ७:१८ मा प्रकाशित

गैरसरकारी संस्था अक्सफामले भारतको ‘मदर टेरेसा’ च्यारिटीलाई दिईदै आएको विदेशी सहयतामा रोक लगाएपछि त्यसको प्रत्यक्ष असर आफनो संस्थालाई परेको भन्दै चिन्ता ब्यक्त गरेको छ ।इसाइ नन मदर टेरेसाद्वारा स्थापित उक्त संस्थाले इसाई धर्मको प्रचार प्रसार गर्नुका साथै सर्वसाधारणलाई प्रलोभनमा पारेर धर्म परिवर्तन गराएको भन्दै भारत सरकारले विदेशी सहायता लिनबाट रोक लगाएको छ ।

अक्सफामले एक बिज्ञप्ती जारी गरी भारत सरकारो निर्णयले विश्वभर रहेका १६ देशमा जारी मानवीय र सामाजिक कार्यमा असर पर्ने बताएको छ । विदेशी सहयतामा लगाईएको रोक फुकुवा गर्न भारत सरकारलाई पत्राचार गरिएको भए पनि भारत सरकारले भने कुनै प्रतिक्रिया जनाएको छैन । यस्तै, मदर टेरेसा ट्रष्टको नविकरण रोकेकोप्रति पनि अक्सफामले आपत्ति जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू