अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१० | Colorodo: 19:25

पर्यटन भिसामा विदेश जानेहरूलाइ उद्धार गर्नमा कठिनाइ

बिआरटीनेपाल २०७८ पुष २० गते ७:१७ मा प्रकाशित

पर्यटन भिसामा यूएई लगायतका विभिन्न मुलुकमा पुग्ने र उतै वैदेशिक रोजगारीमा लाग्नेको सङ्ख्या पछिल्लो समयमा बढेको छ । कोरोना महामारीपछि विशेषगरी खाडी मूलुकमा म्यानपावर व्यवसायीहरूले यसरी नेपाली युवायुवतीलाई पठाउने गरेको र समस्या भएपछि उद्धारका लागि सरकारलाई गुहार्नेको सङ्ख्या बढेको पाइएको हो ।

वैदेशिक रोजगार विभागले वास्तविकता नबुझी सरकारले उद्धार प्रक्रिया सुरु गर्न नसक्ने बताएको छ । विभागका महानिर्देशक दीपक काफ्ले पर्यटन भिसामा गएर उतै काम गर्नेलाई कुनै समस्या परेमा उद्धार गर्न नसकिने बताउनुभयो । उहाँका अनुसार पर्यटन भिसामा विदेश आएको र समस्यामा परेको भन्दै दैनिक जसो विभागमा निवेदन आउने गरेको छ ।

यस्तो समस्याबाट जोगिनका लागि वैदेशिक रोजगारीमा जानेले श्रमस्वीकृति अनिवार्य लिन पनि विभागले अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू