अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३१ | Colorodo: 19:46

बन्द प्रशिक्षणमा उपस्थित भए ३० खेलाडी, आफू सधैं कप्तान बन्न नआएको ज्ञानेन्द्रको भनाइ

बिआरटीनेपाल २०७८ पुष २० गते ७:०७ मा प्रकाशित

क्रिकेट खेलाडी र नेपाल क्रिकेट संघ (क्यान) को विवाद मिलेसँगै फेब्रअरीमा ओमानमा हुने ट्वान्टी–२० विश्वकप छनोट खेलका लागि मंगलबारबाट सबै खेलाडी बन्द प्रशिक्षणमा उपस्थित भएका छन् । क्यानले सार्वजनिक गरेको ३० खेलाडी मध्ये मंगलबार कारबाहीमा परेका ४ खेलाडीसहित सबै जसो खेलाडी मैदानमा देखा परेका हुन् ।

मंगलबारको प्रशिक्षणमा नेपाली राष्ट्रिय टीमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लसहित अन्य खेलाडीले पनि प्रशिक्षण स्थलमा सहभागिता जनाएका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा २८ खेलाडीसँगै अभ्यास गरिरहेका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले सबै विवाद बिर्सिएर अब विश्वकप छनोटमा ध्यान केन्द्रीत गर्ने बताउनुभयो । वर्गीकरणको विषयपछि सतहमा देखिएको खेलाडी र क्यानबीचको समस्या समाधान भएको उहाको भनाई छ ।

मंगलबार मैदानमा सञ्चारकर्मीसँग बोल्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ज्ञानेन्द्र मल्लले आफू सधैंभरि कप्तान बन्नका लागि नआएको प्रतिक्रिया दिनुभयो । बोर्ड र खेलाडीसँग पहिले नै यसरी छलफल भएको भए यो विवाद यस्तो अवस्था नआउने भन्दै उहाँले विनाजानकारी कप्तानबाट हटाउँदा दुःख लागेको बताउनुभयो । यद्यपि आफू सधैं कप्तान बन्नुपर्छ भन्ने अडानमा नरहेको मल्लकोे भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू