अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३५ | Colorodo: 19:50

प्रिमियर लिग– चेल्सी र लिभरपुल बराबरीमा रोकिए, अंक तालिकामा भने लिभरपुल भन्दा चेल्सी अगाडि

बिआरटीनेपाल २०७८ पुष १९ गते ७:५६ मा प्रकाशित

इंग्लिस प्रिमियर लिग अन्तर्गत हिजो राति भएको खेलमा चेल्सी र लिभरपुलले २–२ गोलको बराबरी खेलेका छन् ।खेलमा लिभरपुलका लागि साडियो माने र मोहम्मद सलाहले एक एक गोल गरेका थिए भने चेल्सीका लागि माटेओ कोभाकिक र क्रिस्टियन पुलिसिकले १-१ गोल गरे ।

खेलको २६ औं मिनेट भित्र २–० ले पछि परेको अवस्था उल्टाउँदै चेल्सीले खेललाई बराबरीमा ल्याएको हो । हिजोको खेल बराबरीमा सकिएसँगै उपाधि होडमा रहेका चेल्सी र लिभरपुलले बराबरी खेल्दै अंक बाँडेका छन् । खेलको नवौ मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई सुरूआती अग्रता दिलाएका थिए ।

खेलको २६ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । यस्तै कोभाकिकले ४२ औं मिनेटमा गोल गर्दै चेल्सीलाई खेलमा फर्काउँदा पुलिसिकले इन्जुरी समयको अन्तिम मिनेटमा गोल गर्दै चेल्सीलाई पहिलो हाफमा २–२ गोलको बराबरीमा ल्याए । खेलमा ५६ प्रतिशत बल पोजिशन राखेपनि चेल्सीले थप गोल गर्न सकेन ।

योसँगै लिगको दोस्रो स्थानमा रहेको चेल्सीले २१ खेलबाट ४३ अंक जोडेको छ भने तेस्रो स्थानमा रहेको लिभरपुलले एक खेल कम खेल्दै ४२ अंक जोडेको छ । शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीको २१ खेलबाट ५३ अंक छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू