राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मरिससविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि बन्द प्रशिक्षणमा ३४ खेलाडी बोलाएका छन् ।नेपालले फिफा अन्तर्राष्ट्रिय म्याच क्यालेन्डरमा जनवरी २९ र फेब्रुअरी १ मा पूर्वी अफ्रिकन देश मरिससविरुद्व दुई मैत्रीपूर्ण खेल खेल्दैछ ।
राष्ट्रिय टोली पछिल्लो पटक अक्टोबर १६ मा साफ च्याम्पियनसिपको फाइनलमा भारतसँग ३–० ले पराजित भएको थियो । नेपाल पहिलो पटक क्षेत्रीय प्रतियोगिताको फाइनलमा पुगेको हो ।अल्मुताइरीले विशाल श्रेष्ठ, दीप कार्की, किरण कुमार लिम्बु, सत्रुघन चौधरी, टिकेन्द्र थापा आशिष लामा, आयुस घलान, आकाश बुढामगर, अनन्त तामाङ, अन्जन विष्ट, अरिक विष्ट, बिमल घर्तीमगरलाई बन्द प्रशिक्षणमा बोलाएका छन् ।
यस्तै, प्रशिक्षणमा विशाल राई, दर्शन गरुङ, देवेन्द्र तामाङ, दिनेश हेमजन, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, क्षितिज रन्त चुन्जु, अनिश डाँगी, नविन गुरुङ, नितिस थापालाई पनि बोलाइएको छ ।
पुजन उपरकोटी, सन्तोष तामाङ, सुवास गरुङ, सुदीप गरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यू ठकुरी, सुशिल राई र तेज तामाङ पनि प्रशिक्षणमा बोलाइनेको सूचीमा छन् । खेलको समय र स्थानको बारेमा एन्फाले केही पनि उल्लेख गरेको छैन । यस्तै उसले बन्द प्रशिक्षणको समय पनि विज्ञप्तिमा जनाएको छैन ।