अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०४ | Colorodo: 19:19

राष्ट्रिय सभा निर्वाचनका लागि सिट भागबण्डा, काँग्रेसले आफ्नो भागमा परेका राष्ट्रियसभा सदस्यका उम्मेद्वार छान्यो

बिआरटीनेपाल २०७८ पुष १९ गते ७:५२ मा प्रकाशित

नेपाली काँग्रेसले सत्ता गठबन्धनमा आफ्नो भागमा परेका राष्ट्रियसभा सदस्य निर्वाचनको लागि ६ जना उम्मेदवारको नाम टुङ्गो लगाएको छ । आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले उम्मेदवारहरुको नाम टुंगो लगाएको हो । जसअनुसार प्रदेश १ मा गोपालकुमार बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गाकुमारी गुरुङ, सुदूरपश्चिम प्रदेशमा नारायण मिश्र रहेका छन् ।

आज बसेको बैठकले १२ माघमा हुने मतदानमा गठबन्धनका उम्मेदवारहरुलाई मत दिन समेत आह्वान गर्ने निर्णय गरेको छ । यसअघि आज बिहान बसेको सत्ता गठबन्धनको बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि सिट भागबण्डा गरेको थियो । सत्ता गठबन्धनको निर्णय अनुसार काँग्रेसलाइ ६, माओवादी केन्द्र र एकीकृत समाजवादीलाइ ५–५, जसपालाइ २ र जनमोर्चालाइ १ सिट पाउने गरि सहमति गरिएको छ ।

फागून २० गते खाली हुने १९ सिटमध्ये आठ वटामा एमाले र बाँकीमा सत्ता गठबन्धनकै सदस्यहरू रहेका छन् । यसअघि जुन–जुनबाट सदस्यहरु थिए, त्यो सिटमा सम्बन्धित दलबाटै उम्मेदवार बनाउने सहमति भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू