अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२६ | Colorodo: 22:41

राष्ट्रियसभा सदस्य निर्वाचनको लागि एमालेले टुङ्ग्यायो उम्मेद्वार

बिआरटीनेपाल २०७८ पुष १९ गते ७:५१ मा प्रकाशित

नेकपा एमालेले आउदो माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको लागि उम्मेदवारहरू टुंग्याएको छ । राष्ट्रियसभा सदस्यका लागि चुवाव हुने १९ सिटका उम्मेदवार मध्य प्रदेश १ मा खुलातर्फ देवराज घिमिरे , महिलातर्फ सुमित्रा भण्डारी र अल्पसंख्यक तर्फ सोनाम गेल्जेन शेर्पा रहेका छन् । यस्तै प्रदेश २ मा खुलातर्फ असर्फी भिनवार यादव र महिलातर्फ बिना साह तथा बागमतीमा खुलातर्फ गोपाल शाक्य र महिलातर्फ निरकुमारी कुँवरलाइ उम्मेद्वार बनाउने निर्णय भएको छ ।

यसैगरि गण्डकीबाट खुलातर्फ पुण्यप्रसाद पौडेल, महिलातर्फ लीला पोखरेल थनेट र दलिततर्फ गोविन्दबहादुर नेपाली उम्मेद्वार बन्ने भएका छन् भने लुम्बिनीमा खुलातर्फ रामदयाल गुप्ता, महिलातर्फ भारती खनाल र दलिततर्फ कृष्णबहादुर सुनार उम्मेद्वार बन्ने टुङ्गो लागेको छ ।

कर्णालीमा खुलातर्फ चूडामणि शर्मा, महिलातर्फ गंगा थापा महत र अल्पसंख्यकतर्फ पदमबहादुर माझी तथा सूदुरपश्चिमबाट खुल्ला तर्फ डिल्लीराज भट्ट , महिलातर्फ सन्तोषकुमारी शर्मा र दलिततर्फ नरेश बिकलाई उम्मेद्वार बनाउने निर्णय गरेको एमालेले जनाएको छ । निर्वाचनको लागि भोलि मनोनयन दर्ता हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू