अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०० | Colorodo: 19:15

नेकपा र ओलीले देशलाई दुर्घटनामा पुर्याए – कांग्रेस महामन्त्री थापा

बिआरटीनेपाल २०७८ पुष १९ गते ७:४६ मा प्रकाशित

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाल कम्युनिष्ट पार्टीले देशलाई दुर्घटनामा पुर्याएको बताउनुभएको छ ।जनताले पाँच वर्षको जिम्मेवारी दिए पनि त्यसलाई पूरा गर्न नसकेको भन्दै उहाँले त्यसको मुख्य कारक केपी शर्मा ओली रहेको बताउनुभयो ।

अर्घाखाँचीको पाणिनी गाउँपालिकाको दुर्गाफाँटमा आयोजना भएको बृहत कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा महामन्त्री थापाले सम्पूर्ण कार्यकर्तालाई चुनावकेन्द्रीत भएर लाग्न आग्रह गर्नुभयो । उहाँले निर्वाचनछि पार्टी पहिलो हुने दाबी गर्नुभयो ।पार्टीले चुनाव जितेपछि ५ वर्षको अवधिमा प्रत्येक वर्षमा १ लाखलाई रोजगारी दिने वातवरण बनाउने महामन्त्री थापाको दाबी छ । उहाँले अब पार्टीमा कुनै गुट उप–गुट नहुने बताउनुभयो ।

यस्तै पाणिनी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गौतम नेकपा (एकीकृत समाजवादी) पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । उहाँसहित विभिन्न पार्टी परित्याग गरी ४ सय ७५ जना कांग्रेसमा प्रवेश गरेका छन् । नव प्रवेशिलाई महामन्त्री थापा लगायतका नेताले पार्टी प्रवेश गराउनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू