अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४९ | Colorodo: 20:04

इरानद्वारा अफगानिस्तानको तालिबानी सरकारलाई मान्यता दिन अस्वीकार

बिआरटीनेपाल २०७८ पुष १९ गते ७:४० मा प्रकाशित

इरानले समावेशी नभएको भन्दै तालिबान सरकार (इस्लामिक इमिरेट्स) लाई मान्यता दिन अस्वीकार गरेको छ। गत अगस्त १५ मा तालिबानले अफगानिस्तानको सरकार नियन्त्रणमा लिएको थियो ।काबुलमा टोलो न्युजसँगको विशेष अन्तर्वार्तामा बोल्दै अफगानिस्तानका लागि इरानी राजदूत बहादुर अमिनियानले इस्लामिक इमिरेट्सले आफ्नो शासन संरचनामा सुधार ल्याएमा तेहरानले अन्य देशहरूलाई पनि अफगान सरकारलाई मान्यता दिन मनाउन सक्ने बताएका छन्।

कुनै समूह सत्तामा आउँछ र त्यसले एउटै जातीय समूहको सरकार निर्माण गर्छ र अन्य कुनै पनि जातीय समूहलाई समावेशी गर्दैन भने आफुहरुले त्यस्तो सरकारलाई मान्यता नदिने बताएका छन् । साथै राजदूत अमिनियानले इरानले तालिबान शासकहरूलाई समावेशी सरकार बनाउन उदारतापूर्वक आह्वान गरेकोे बताएका छन् । त्यस्तै, उनले अफगानिस्तानमा आर्थिक संकट रहिरहेमा यसले अतिवाद निम्त्याउने टिप्पणी गरेका छन् । यद्यपि, तालिबानले भने अमिनियानको टिप्पणी अफगान मामिलामा हस्तक्षेप गर्ने प्रयास भएको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू