अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०७ | Colorodo: 20:22

सहिद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पाको जित

बिआरटीनेपाल २०७८ पुष १९ गते ७:३५ मा प्रकाशित

सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्र्तगत आज भएको खेलमा हिमालयन शेर्पाले जित निकालेको छ । शेर्पाले सातदोबाटो युथ क्लबलाई १ – ० गोल अन्तरले पराजित गरेको हो । शेर्पालाई जित दिलाउन कप्तान विश्वास श्रेष्ठले निर्णायक गोल गर्नुभयो ।

खेलको ४५ औं मिनेटमा विश्वासले पेनाल्टीमा गोल गर्नुभएको हो । यस जितसँगै शेर्पाले ७ खेलमा ११ अंक जोडेको छ । शेर्पा पाँचौं स्थानमा उक्लिएको छ । सातदोबाटोले ७ खेलमा ८ अंक जोडेको छ । सातदोबाटो आठौं स्थानमा रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू