अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५८ | Colorodo: 00:13

नेपालमा थपिए ३२६ कोरोना संक्रमित, २ को मृत्यु, २५५ जना संक्रमणमुक्त

बिआरटीनेपाल २०७८ पुष १९ गते ७:२४ मा प्रकाशित

नेपालमा थप ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ९ हजार ७ सय जनामा गरिएको पीसीआर परीक्षणमा २९१ र २ हजार ७९८ एन्टीजेन परीक्षणमा ३५ गरी ३२६ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५९८ पुगेको छ । सोमबार २५५ जना संक्रमणमुक्त भएका छन् । यसैगरी, देशभर हालसम्म ५ हजार पाँच जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू