अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३६ | Colorodo: 19:51

माओवादी केन्द्रको महाधिवेशन सकियो, अध्यक्ष प्रचण्डद्वारा प्रस्तावित केन्द्रीय सदस्यहरुको सूची पारित

बिआरटीनेपाल २०७८ पुष १८ गते ६:५६ मा प्रकाशित

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आठौं महाधिवेशनअन्तर्गत बन्दसत्रमा प्रस्ताव गरेको केन्द्रीय सदस्यहरुको नामावली पारित भएको छ ।
निर्वाचन कार्यक्रम पटक(पटक सार्दै प्रचण्डले तयार पारेको प्रस्ताव आइतबार बेलुकी बन्दसत्रबाट पारित भएको हो । केन्द्रीय सदस्यहरुको महाधिवेशन हलबाट पारितसँगै माओवादीको महाधिवेशन सकिएको छ ।

हलमा अध्यक्ष मण्डलको तर्फबाट कृष्णबहादुर महराले बन्दसत्र सकिएको जानाकरी गराउँदै र सबैलाई धन्यवाद दिनुभएको छ । उहाँका अनुसार नवनिर्वाचित घोषित केन्द्रीय समितिको सोमबार बैठक बस्ने छ । उक्त बैठकले पदाधिकारी चयनको विषय टुंग्याउने उहाँले जानकारी दिनुभयो । माओवादी केन्द्रीय कमिटी २९९ सदस्यीय रहेको छ । हलबाट अध्यक्ष प्रचण्डले ८० बाँकी अन्य केन्द्रीय सदस्यहरुको नाम घोषणा गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू