अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२० | Colorodo: 19:35

थप ३ जना काँग्रेस केन्द्रीय सदस्यमा मनोनयन

बिआरटीनेपाल २०७८ पुष १८ गते ६:४५ मा प्रकाशित

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले थप ३ जनालाइ केन्द्रीय सदस्यमा मनोनयन गर्नुभएको छ । आज सभापति देउवाले काँग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गर्नु भएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिब कृष्णप्रसाद पौडेलले सीआईएनलाइ जानकारी दिनुभयो ।

गुरुङ सभापति पदका उम्मेद्वार रहनुभएको थियो, तर दोस्रो चरणमा देउवालाइ नै समर्थन गर्नुभएको थियो । यस्तै पौडेल महामन्त्रीमा तथा शाही सहमहामन्त्रीमा पराजित हुनुभएको थियो । यसअघि सभापति देउवाले १० जना नेताहरूलाइ केन्द्रीय सदस्यमा मनोनयन गर्नुभएको थियो । यसैबीच, सभापति देउवाले केन्द्रीय कार्यसमिति बैठक पनि बोलाउनुभएको छ । बैठक भोली दिउँसो बस्ने काँग्रेसले जनाएको छ । १४ औं महाधिवेशनपछि काँग्रेसको नयाँ कार्यसमितिको दोस्रो बैठक बस्न लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू