अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२० | Colorodo: 19:35

नेपालमा थप २१३ जनामा कोरोना सङ्क्रमण पुष्टि

बिआरटीनेपाल २०७८ पुष १८ गते ६:२६ मा प्रकाशित

पछिल्लो २४ घण्टामा नेपालमा २१३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको ५ हजार ९६२ परीक्षणमा २१३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै १ हजार ६६९ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा सङ्क्रमण देखिएको छ ।

पीसीआर र एन्टिजेन विधिबाट गरिएको ७ हजार ६३१ परीक्षणबाट २१६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पीसीआर परीक्षणमा हालसम्म ८ लाख २८ हजार ९८६ जना सङ्क्रमित भएका छन् ।

यस्तै आज २०९ जना सङ्क्रमणमुक्त भएका छन् । यो सँगै निको हुनेको संख्या ८ लाख १२ हजार ४१९ पुगेको छ । पछिल्लो २४ घण्टामा सङ्क्रमणबाट २ जनाको मृत्यु भएको छ । कोरोनाबाट हाल सम्म देशभर ११ हजार ५९८ जनाको मृत्यु भएको छ । अहिले देशभर सक्रिय सङ्क्रमित संख्या ४ हजार ९७१ जना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू