अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१८ | Colorodo: 05:33

कोलोराडोकी सम्झना पाण्डेको ‘नाचम नाचम’ मा गम्भीर र राहुल (भिडियो)

बिआरटीनेपाल २०७८ पुष १७ गते १८:२९ मा प्रकाशित

काठमाडौँ । लामो समय देखि अमेरिकाको कोलोराडो राज्यमा बस्दै आएकी गायिका सम्झना पाण्डेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ । राजधानीमा एक सिनेमा हलमा भिडियो प्रिमियम गरिएको हो । हास्य सम्राट् मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा भिडियो प्रिमियम गरिएको हो । ‘नाचम नाचम’ बोलको डान्सिङ्ग नम्बरमा सम्झना पाण्डे र राजनराज सिवाकोटीको स्वर रहेको छ । सार्वजनिक गीतमा शब्द तथा सङ्गीत राजनराज सिवाकोटीको रहेको छ । राजन ईशानको सङ्गीत संयोजन रहेको गीत पार्टी तथा विभिन्न सांस्कृतिक कार्यक्रममामा बज्ने खालको बनेको छ । कार्यक्रमका प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठले गायिका तथा मोडल पाण्डेलाई शुभकामना दिँदै भिडियो र गायनको प्रशंसा गरे ।

बाल्यकाल देखि नै गायनमा रुचि राख्ने पाण्डेले यस अघि आफ्नो स्वरमा ४ वटा गीत सार्वजनिक गरी सकेकी छन् । अमेरिका बसे पनि नेपाल र नेपाली गीत सङ्गीतलाई माया गर्ने पाण्डेले यस पटकको नेपाल बसाइमा तिन वटा गीत र भिडियो निर्माण गरेकी छन् । रेडियो नेपालको बाल कार्यक्रममा गीत गाउने गरेकी पाण्डेले थुप्रै विज्ञापनमा आफ्नो स्वर दिई सकेकी छन् । पढाईको सिलसिलामा अमेरिका पुगेकी पाण्डेले मास्टर्स सम्मको अध्ययन सकेकी छन् । उनी पेसाले नर्स हुन्,उनको पोस्ट फ्यामेली नर्स प्राक्टिस (डाक्टर सरह) रहेको छ ।

राहुल शाहले कोरियोग्राफी तथा निर्देशन गरेको भिडियोमा गम्भीर बिस्ट, सम्झना पाण्डे, राहुल शाह, साइलेश विष्ट र कविता न्यौपाने फिचर्ड छन् । हरि हुमागाईंले छायाङ्कन गरेको भिडियोको सम्पादन सुप्रिम पराजुलीले गरेका छन् । भिडियो सम्झना पाण्डेको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । भिडियो सार्वजनिक कार्यक्रममा गीत तथा भिडियोसँग सम्बन्धित सम्पूर्ण टिम तथा प्राबिधिकहरुलाई प्रशंसा पत्र प्रदान गरिएको छ ।

भिडियो प्रिमियरमा गायिका पाण्डेको अर्को भिडियो पनि देखाइएको छ । अनुप चापागाईको निर्देशनमा बनेको भिडियोमा सम्झना पाण्डे र शिशिर भण्डारी फिचर्ड छन् । भिडियोमा बुद्ध थापाको छायाङ्कन, विकास दाहालको सम्पादन र केविका खत्रीको कोरियोग्राफी रहेको छ । भिडियो युट्युबमा केही समय पछि सार्वजनिक गरिने निर्माण टिमले बताएको छ ।

प्रतिक्रिया