अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०९ | Colorodo: 19:24

अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँयो

बिआरटीनेपाल २०७८ पुष १७ गते ८:४१ मा प्रकाशित

आज १ जनवरी २०२२ । अर्थात अंग्रेजी नयाँ वर्ष । आज अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस भव्य रुपमा मनाइँएको छ। विगतका वर्षहरुमा जस्तै यो वर्षपनि नेपाली टोपी लगाएर नेपालीपनका साथ अंग्रेजी नयाँ वर्षलाई अझै विशेष बनाए ।

मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाहरूले २०७० सालदेखि टोपी दिवस मनाउन थालेका हुन् । राष्ट्रिय पोशाक संरक्षण महाअभियान नेपाल, स्वतन्त्र राष्ट्रप्रेमी अभियान नेपाल, जागरुक युवा अभियान नेपाल, गुन्युचोली राष्ट्रिय जागरण अभियान नेपाल र राष्ट्रिय धरोहर संरक्षण महाअभियान नेपाल लगायतका संघसंस्थाले राजधानीको माइतीघरमा भेला भएर उक्त दिवस मनाएका हुन् ।

अन्तर्राष्ट्रिय रुपमा नेपालीपनको प्रवर्द्धन गर्ने र देशभित्र पनि आफ्नो संस्कृतिको प्रवर्द्धन र प्रसार गर्न मद्दत पुर्‍याउने उद्देश्यले टोपी दिवस मनाईएको कार्यक्रमका युवाहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू