अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३० | Colorodo: 00:45

अमेरिका कोलोराडोको बोल्डर काउण्टीमा भीषण आगलागी, नेपालीका २ सहित अन्य १ हजार घरमा क्षति

गैर आवासीय नेपाली सङ्घ, अनेसास, कोलोराडो शाखाको सहयोगका लागि अपील

बिआरटीनेपाल २०७८ पुष १७ गते ८:२९ मा प्रकाशित

अमेरिकाको कोलोराडो राज्यको बोल्डर काउन्टीमा भीषण आगलागी भएको छ । नेपालीका दुई घर सहित करिब १ हजार घरमा आगलागी भएको समाचारमा जनाइएको छ । आगालागीबाट सामाजिक अभियन्ता एवं नेपाली जनसम्पर्क समिति अमेरिकाका उपाध्यक्ष धर्म राज श्रेष्ठ र झलक सोतीको घरहरु पुर्ण रुपमा क्षतिग्रस्त भएका छन् । घटनामा कुनै मानविय क्षति भने भएको छैन । पीडित श्रेष्ठ र सोतीका परिवारजन सुरक्षित रहेको गैर आवासीय नेपाली सङ्घ कोलोराडोले जनाएको छ ।

हुरी, भुमरी र बतासका कारण बिजुलीका तार आपसमा जोडिदा आगलागी भएको फायर डिपार्टमेन्टको प्रारम्भिक अनुमान रहेको छ । आगजनी शुरु हुनसाथ नजिकै रहेका सुपेरियर, मार्सल, लुइसभेल, वेस्ट मिनिस्टर लगायतका बस्तीबाट ३० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो । आगलागीबाट बोल्डर क्षेत्रका करिब १ हजार ब्यक्तिगत घर सहित केही व्यापारिक कम्प्लेक्स, होटेल र एउटा अस्पतालमा समेत क्षति पुगेको छ । आगो ६२ सय एकडमा फैलिएको अधिकारीहरुले जनाएका छन् । आगलागीका कारण प्रभावित क्षेत्र नजिकै रहेका बस्तीमा समेत बिजुली र खानेपानी वितरण प्रणाली प्रभावित भएको छ ।

यसैबीच, गैर आवासीय नेपाली संघ, अमेरिकाले एक बिज्ञप्ति जारी गर्दै आगालागीबाट नेपालीहरुको घरमा भएको क्षतिप्रति दु:ख ब्यक्त गर्दै प्रभावित क्षेत्र र वरपर रहेका सबै नेपालीहरूलाई सुरक्षित रहन अपिल गरेको छ । सङ्घका अध्यक्ष बुद्धि सागर सुबेदीद्धारा हस्ताक्षरित बिज्ञप्तिमा आपत् विपतमा सहयोग गर्न अमेरिकामा रहेका सवै नेपालीहरुलाई आग्रह गरिएको छ ।

संघका अनुसार गैर आवासीय नेपाली सङ्घ अमेरिकाका बोर्ड अफ डाइरेक्टर कोलोराडो निवासी राज ढुङ्गाना, कोलोराडो च्याप्टरका पूर्व अध्यक्ष कुमार जङ्ग कार्की, कोलोराडो च्याप्टरका सदस्य सुशील दाहाल लगायत आगलागी भएको क्षेत्रका नेपालीहरूसंग निरन्तर सम्पर्कमा रहेर पीडित परिवारलाई आवश्यक सहयोग गर्न प्रयासरत् रहेको बताईएको छ ।

आवश्यक सहयोग र सुचनाका लागि गैर आवासीय नेपाली सङ्घ अमेरिकाको हेल्प डेक्सको फोन नम्वर ८४४– ६७६– २८७२ , राज ढुङ्गाना ३०३८४२८९५५, कुमार जङ्ग कार्की ७२०९३७४२८१ र सुशील दाहाललाई ७२०८९१९९१३ मा सम्पर्क गर्न सकिने छ ।

यसै गरी अनेसास, कोलोराडो शाखाको लागि अपिल प्रकाशित गरेको छ ।

अपिल जस्ताको त्यस्तै
कोलोराडोको सुपेरिअर, लुअभिल, ब्रुमफिल्ड जस्ता नेपालीहरूको बाक्लो बस्ती भएको सहरहरूमा फैलिएको आगोबाट थुप्रैले आफ्नो घर गुमाउन परेको र त्यहाँका बासिन्दाहरूलाई स्थानीय सरकारबाट आफ्नो घर खाली गरी सुरक्षित स्थानमा जान भनिएको अवस्थामा यस आसपासमा बसोबास गर्नुहुने सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई सचेत रहनुहुन तथा सुरक्षित रहनुहुन अनुरोध गर्दछौ । विपतको यस घडीमा कसैलाई केही सहयोग चाहिएको अवस्थामा अनेसास, कोलोराडो शाखा सकेको सहयोग गर्न र यसको लागि कोलोराडोमा रहेका सम्पूर्ण नेपाली संस्थाहरूसँग मिलेर काम गर्न तयार रहेको जानकारी गराउँदै केही परेमा तल दिइएका फोन नम्बरहरूमा हामीलाई सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ ।

१ राजु सिटौला – ७२०४८००३४७
२ सम्झना आचार्य – ७२०२५३२१५
३ किरण अधिकारी – ७२०७५७२८९३
४ लालप्रसाद चौलागाईं – ७२०९८२७०७९
५ विजयदेव अधिकारी – ३०३३९६२२२३
६ कपिलदेव सुवेदी – ७२०९९९५४८०
७ निर्मला अर्याल – ३०३३७८६५८४
८ सरोज भुसाल – ७२०८७७१८०३

अनेसास, कोलोराडो शाखा

 

प्रतिक्रिया