अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४९ | Colorodo: 20:04

हरेक निकायमा महिलाको ३३ प्रतिशत सहभागिता गराउनुको श्रेय काँग्रेसलाई जानुपर्छ – प्रधानमन्त्री देउवा

बिआरटीनेपाल २०७८ पुष १७ गते ७:२५ मा प्रकाशित

प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राज्यको हरेक निकायमा तेत्तिस प्रतिशत महिलाहरुको प्रतिनिधित्व सुनिश्चित गर्ने विश्वमै नेपाल एकमात्र देश भएको दाबी गर्नुभएको । हरेक निकायमा महिलाको ३३ प्रतिशत सहभागिता गराउनुको श्रेय काँग्रेसलाई जानुपर्ने पनि प्रधानमन्त्री देउवाको भनाइ रहेको छ । प्रधानमन्त्री देउवाले नेपालले महिला मात्रै नभएर दलित, जनजाति, आदिवासी सबैको समावेशी र समानुपातिक ढङ्गले राज्यका र पार्टीका हरेक तहमा प्रतिनिधित्व गराएको दावी समेत गर्नुभयो ।

आज सरकारी निवास बालुवाटारमा काँग्रेस नेता डा. डिला संग्रौलाले लेखेको पुस्तक नेपालीका सपना अधुरै को विमोचन गर्दै प्रधानमन्त्री देउवाले मुलुकको कार्यकारी तहहरूमा समेत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित हुने गरी आरक्षणको व्यवस्था गरेर नेपाल र नेपाली काँग्रेस स्वयम्ले आफूलाई सबै समूदायको पार्टीको रुपमा चिनाएको बताउनुभयो । प्रधानमन्त्री देउवाले महिला नेताहरूले महिला मतदाताहरूको संख्या बढाउन पनि उल्लेखनीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू