अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०० | Colorodo: 19:15

गाेरखामा मिनी–ट्रक दुर्घटना हुँदा ३ जनाकाे ज्यान गयाे

बिआरटीनेपाल २०७८ पुष १६ गते ८:१३ मा प्रकाशित

गोरखाको धार्चे  गाउँपालिका ५ माछाखोलामा भएको मिनीट्रक दुर्घटनामा तीन जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।

दुर्घटनामा मिनीट्रक चालक धादिङका निराजन नेपाल, ट्रकमा रहेका दीपक परियार र दुई वर्षीया बालिका सपना गुरुङको ज्यान गएको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरूको टिचिङ अस्पताल महाराजगञ्जमा उपचार चलिरहेको छ ।

आरुघाटबाट रड र सिमेन्ट लिएर माछाखोला जाँदै गरेको बा ५ ख ६५६६ नम्बरको मिनीट्रक दुर्घटना भएको हो । दुर्घटनाको कारण खुलेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू