अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३८ | Colorodo: 19:53

चुनावपछि विशेष महाधिवेशन गर्छाैँ, माओवादीलाई एक नम्बर बनाएरै छाड्छाैँ : प्रचण्ड

बिआरटीनेपाल २०७८ पुष १६ गते ८:०८ मा प्रकाशित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विचारलाई केन्द्रमा राखेर विशेष महाधिवेशनको आयोजना गर्ने प्रतिबद्धता जनाउनुभएको छ । आफ्नाे प्रतिवेदनमा उठेकाे प्रश्नकाे आज शुक्रवार जवाफ दिँदै उहाँले चुनावपछि विचार, राजनीतिक कार्यदिशालगायत विषयमा थप प्रष्टताका लागि विशेष महाधिवेशनको आयोजना गरिने विश्वास दिलाउनुभयो ।

अध्यक्ष प्रचण्डले अहिलेको महाधिवेशन विचार निर्माण र नेपाली मौलिकतासहितको समाजवादी कार्यक्रम निर्मााणका लागि प्रस्थान विन्दु भएको निष्कर्ष सुनाउँदै विशेष महाधिवेशनमा पुगेर एउटा निष्कर्ष निकालिने बताउनुभयो ।

समूहगत छलफलका क्रममा समेत नेता तथा कार्यकर्ताले विचार निर्माणका लागि अझै वृहत् र घनीभूत छलफलको आवश्यक रहेको भन्दै विशेष महाधिवेशन वा त्यस्तै विशेष प्रकारको भेला आवश्यक रहेको धारणा राखेका थिए । त्यही धारणालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले चुनावपछि विशेष महाधिवेशन गर्ने बताउनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू