अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०९ | Colorodo: 07:24

सबै निर्वाचन तोकिएकै समयमा हुने गृहमन्त्री खाणको भनाइ

बिआरटीनेपाल २०७८ पुष १६ गते ७:४१ मा प्रकाशित

गृहमन्त्री बालकृष्ण खाणले सबै तहका निर्वाचन तोकिएकै मितिमा हुने बताउनुभएको छ । आज पोखरामा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री खाणले सबै निर्वाचन तोकिएको मिति भित्र शान्तिपूर्ण ढंगले सक्ने दाबी गर्नुभयो । सरकारले शान्ति सुरक्षा प्रदान गर्ने र भयमुक्त वातावरणमा जनताले मत दिएका र विश्वास पाएका प्रतिनिधि छनोट हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । निर्वाचन आयोगले वैशाखमा स्थानीय सरकारको निर्वाचन गर्न सरकारलाई प्रस्ताव गरेको छ ।

अघिल्लो पटक स्थानीय तहको पहिलो चरणको निर्वाचन ३१ वैशाख २०७४ मा भएको थियो । निर्वाचन आयोगले बैशाख १४ गते निर्वाचन गर्ने प्रस्ताब गरिसकेको छ । सोही आसपासमा निर्वाचन गर्ने गरि सरकारले तयारी थालेको छ । यस्तै मन्त्री खाणले मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी संसदबाट पास गर्ने दाबी पनि गर्नुभयो । काँग्रेस एमसीसी पारित गरेर लागू गर्ने पक्षमा रहेको भएपनि अन्य दलमा भने यसबारेमा विवाद कायमै रहेको छ । तर उहाँले एमसीसी पास गर्न सबै पार्टीले सहमति जनाउने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू