अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०१ | Colorodo: 19:16

मन्त्रीपरिषद् बैठक- निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी विधेयक तर्जुमा गर्ने सैद्धान्तिक स्वीकृती

बिआरटीनेपाल २०७८ पुष १६ गते ७:३६ मा प्रकाशित

सरकारले निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको जानकारी दिनुभयो । निर्वाचन आयोगले आगामी माघ १२ गते राष्ट्रियसभा सदस्यको निर्वाचन गर्ने मिति तोकेको छ भने आगामी एक वर्षभित्र तीनवटै तहको निर्वाचन गर्नुपर्ने संवैधानिक प्रावधान रहेको छ ।

मन्त्रिपरिषद्को अस्ति बुधबार बसेको बैठकले चिकित्सा शिक्षाको स्नातक तहमा चीन लगायतका मुलुकमा भर्ना भएका विद्यार्थीका हकमा बाँकी रहेको अध्ययन र प्रयोगात्मक अभ्यास (इन्टर्नसीप) पूरा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि गरेको छ । बैठकले आदिकवि भानुजन्मस्थल विकास समितिको अध्यक्ष पदमा ऋषिराम पन्त र कार्यकारी निर्देशकमा शंकर रानाभाटलाई नियुक्त गर्ने निर्णय गरेको छ भने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका नेपाल कृषि सेवाका वरिष्ठ माटो विज्ञ डा.गंगादत्त आचार्यलाई सार्क एग्रिकल्चर सेन्टर ढाकामा वरिष्ठ कार्यक्रम विज्ञ पदमा काम गर्न काजमा खटाउने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू