अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२१ | Colorodo: 09:36

आफ्नो ५० औँ जन्मदिनमा पूर्वयुवराज पारसको टिप्पणी: ”मैले आफ्नैबारे धेरै सिकेँ”

बिआरटीनेपाल २०७८ पुष १५ गते ६:५३ मा प्रकाशित

पूर्वयुवराज पारस शाहले आफ्नो ५० औँ जन्मदिनको अवसरमा एक विज्ञप्ति जारी गर्दै आफ्नै जीवनबाट धेरै कुरा सिकेको बताउनुभएको छ । बिहीबार आफ्नो ५० औँ जन्मदिन मनाइरहेका पारसले भन्नुभएको छ , ‘यस लामो दौरानमा मैले जीवन परिवर्तन गर्ने घटना र महत्वपूर्ण क्षणको अनुभव र साक्षी हुन पाएको छु। यसबाट म हुर्किएको छु र आफ्नैबारे धेरै सिकेको छु।’

५० औँ जन्मदिनमा ब्युँझँदा विश्व समुदायमा नेपाल अद्वितीय ठाउँका रुपमा महसुससमेत भएको उहाँले उल्लेख गर्नुभएको छ। ‘हाम्रो धार्मिक र सांस्कृतिक पहिचानको रक्षाका लागि यस्ता कुराले मलाई उत्प्रेरित गर्न‍े गरेको छ। नेपालमा उल्लेखनीय सम्पन्नता छ र हामी एक भएर उपलब्धिहरु हासिल गर्न सक्छौँ’, शाहको भनाई छ ।

उहाँले ५० वर्षको उमेरमा स्वास्थ्य र परिवार नै महत्वपूर्ण दुई उपहार रहेको उल्लेख गर्दै आफुलाई ती सबै प्राप्त भएको पनि बताउनुभएको छ । भावी पुस्ताका लागि समतामूलक र स्थीर नेपाल निर्माणका लागि आफ्नो लगातारको प्रयत्नका लागि त्यसले सहयोग पुर्याईरहेको पनि शाहको भनाई छ । नेपाललाई सार्वभौम सम्पन्न बनाउन आफ्ना पुर्खाहरुले गरेको त्याग र बलिदानको पनि पारसले स्मरण गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू