अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५८
| Colorodo: 21:13
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि छलफल र निष्कर्ष पेश गर्ने क्रम जारी छ ।बिहीवार पनि जारी रहेको समूहगत छलफलका क्रममा नेता लेखनाथ न्यौपानेले प्रचण्डको प्रतिवेदनमाथि फरक मत पेश गर्नुभएको छ ।
काठमाडौंमा जारी माओवादी महाधिवेशनको बन्दसत्रमा समूहगत छलफलका क्रममा नेता न्यौपानले अध्यक्षको ‘२१औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ अपूर्ण रहेको बताउनुभएको छ ।
नेता न्यौपानेले उपत्यका विशेष प्रदेश समितिको समूहगत छलफलमा फरक मत राख्नुभएको हो । दस्तावेजमा आधारभूत विषयहरु अपुग रहेको र महाधिवेशनको दस्तावेजले स्वरुप ग्रहण गर्न नसकेको न्यौपानेको फरक मतमा उल्लेख छ ।