अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२३
| Colorodo: 00:38
प्रधानमन्त्री शेरबहादुर देउवा र डाक्टर गोविन्द केसीबीच बालुवाटारमा कुराकानी भएको छ। डाक्टर केसीले उठाउँदै आएका एजेन्डाबारे प्रधानमन्त्रीसँग कुराकानी भएको हो। आज अपरान्ह बालुवाटारमा प्रधानमन्त्री देउवा, नेपाली कांग्रेसका महामन्त्री गगन थापा र डाक्टर केसीका साथै उहाँका टिमबीच छलफल भएको छ।
यसअघिको भेटवार्तामा डाक्टर केसीले उठाएका माग पूरा गर्ने प्रधानमन्त्री देउवाले प्रतिवद्धता जनाएका थिए। साथै यही पुस ११ गते डाक्टर केसीले ७ बुँदे मागहरू अगाडि सार्नुभएको थियो ।