अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१८ | Colorodo: 19:33

भेट्रान्स टेनिसमा राप्रपाका पूर्व अध्यक्ष कमल थापाको जोडी विजयी

बिआरटीनेपाल २०७८ पुष १५ गते ५:३६ मा प्रकाशित

कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा भएको १८ औं माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा नेपालका भेट्रान खेलाडी कमल थापाको टिमले उपाधि हात पारको छ । ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता“को ५५ बर्ष समुह डबल्सको रोमाञ्चक फाईनल खेलमा कमल थापा र झाम्पा ढुन्डुपको जोडी बिजयी भएको हो ।

कृष्ण घले र राजकुमार श्रेष्ठलाई २–६, ६– २ र ११–९ को प्रतिपर्धात्मक खेलमा पराजित गर्दै थापाको टिमले उपाधी कब्जा गरेको राप्रपाका नेता राजाराम वर्ताैलाले इमेज खबरलाई जानकारी दिनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष रहनु भएका थापाले पार्टी अध्यक्षमा चुनाव हारेपनि खेलमा भने जित हात पार्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू