अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१६
| Colorodo: 20:31
नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा लोकतान्त्रिक तरिकाले नेतृत्व चयन हुने बताउनुभएको छ । आठौं महाधिवेशनअन्तर्गतको चौथो दिनको बन्दसत्र सकेर बुधबार प्रज्ञा भवनबाट बाहिरिँने क्रममा उहाँले सञ्चारकर्मीसँग राम्रोसँग लोकतान्त्रिक तरिकाले नेतृत्व चयन प्रक्रिया अघि बढ्ने बताउनुभएको हो । बन्दसत्रमा बुधबार ११ समूहका टोली नेताले छलफलको निष्कर्ष सुनाएका छन् ।
अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र स्थायी समिति सदस्य देव गुरुङले पेस गरेको विधान परिमार्जन प्रस्तावमाथि छलफलका लागि २५ वटा समूह बनाइएको छ । बिहीबारको बन्दसत्रमा बाँकी १४ समूहका प्रमुखहरुले निष्कर्ष सुनाउने र त्यसपछि अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यसूची रहेको माओवादी केन्द्रले जनाएको छ । माओवादीको महाधिवेशन यही पुस ११ गते सुरु भएको थियो ।