अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५० | Colorodo: 23:05

ठगी आरोपमा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पुर्पक्षका लागि जेल चलान

बिआरटीनेपाल २०७८ पुष १४ गते ८:१६ मा प्रकाशित

सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पुर्पक्षका लागि कारागार चलान भएका छन्। ठगी तथा संगठित अपराध मुद्दा लागेका तामाङलाई बुधबार जिल्ला अदालत काठमाडौंले जेल चलानको आदेश दिएको हो। उनीसँगै पक्राउ परेका सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठ पनि जेल चलान भएको जिल्ला अदालतका स्रेस्तेदार ज्ञानेन्द्र इटेनीले जानकारी दिनुभयो । केन्द्रीय अनुसन्धान ब्युरोले सिभिल सहकारी ठगी प्रकरणमा तामाङ, श्रेष्ठसहित १२ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।

उनीहरूसँग पाँच अर्ब ६३ करोड बिगो माग गरी मुद्दा दायर गरिएको थियो। न्यायाधीश राजकुमार कोइरालाको इजलासले तामाङ र श्रेष्ठलाई कारागार चलान गर्न आदेश दिएको छ। अन्य ९ जना धरौटी र एक जना साधारण तारेखमा रिहा भएको इटेनीको भनाई छ ।यसअघि, सिभिल सहकारी ठगी प्रकरणमा तामाङसहित १२ जनाविरूद्ध १५०३ जना निक्षेपकर्ताले जाहेरी दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू