अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२१
| Colorodo: 18:36
सीके राउत नेतृत्वको जनमत पार्टीले आह्वान गरेको मधेस प्रदर्शन हिंसात्मक बन्दै गएको छ । राज्यले किसानको जायज मागलाई बेवास्ता गरेको भन्दै सिरहाबाट सुरु भएको किसान आन्दोलन रौतहट,धनुषा हुँदै मधेसका केही जिल्लाहरुमा फैलिएको छ ।
बुधवार आह्वान गरिएको बन्दका क्रममा रौटहटमा तीन वटा सवारी साधनमा तोडफोड भएको छ । बन्द उल्लंघन गरेको भन्दै सो पार्टीका कार्यकर्ताले सवारी साधनमा तोडफोड गरेका हुन् । बन्दका क्रममा अराजक गतिविधि गर्दैै हिँडेको आरोपमा रौतहटबाट प्रहरीले जनमत पार्टीका ७ जना कार्यकर्तालाई नियन्त्रणमा लिएको छ । उनीहरु सवारी साधन तोडफोडमा संलग्न रहेको प्रहरीको भनाइ छ ।