अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३१ | Colorodo: 19:46

एमालेको संसद अवरोध माधव नेपालसँगको प्रतिशोध मात्र : अध्यक्ष यादव

बिआरटीनेपाल २०७८ पुष १४ गते ७:४६ मा प्रकाशित

ससंद अवरोधको कुनै औचित्य नरहेको जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी ९एमाल०ले गर्दै आएको संसद अवरोधको कुनै लक्ष्य नभई माधवकुमार नेपालसँगको प्रतिशोध मात्र भएको यादवले बताउनुभयो ।आज ९बिहीवार० पश्चिम नवलपरासीको सदरमुकाम परासीमा जनता समाजवादी पार्टी नेपालले गरेको पत्रकार सम्मेलनमा यादवले नेकपा एमालेको संसद अवरोध भनेको माधवकुमार नेपालसँगको व्यक्तिगत प्रतिशोध रहेको भन्नुभएको हो ।

नेपालले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गरेर ससंदको मान्यता पाएपछि संसदमा छिर्न पाउने अधिकार छ तर एमालेको व्यक्तिगत इर्ष्या र द्वयसले माधवकुमार नेपालहरु संसदमा प्रवेश गर्नु भएन भनेर मात्र उहाँहरुले संसद अवरोध गरेको यादवले बताउनुभयो । यो गलत भएकाले यसले संसदीय लोकतन्त्रलाई नै नोक्सान पुर्याउने उहाँको भनाइ छ । संसदमा थुप्रै विधेयकहरु पास गर्नुपर्ने छ, त्यसमा बहस गर्नु पर्यो । यो संसद अवरोधले न त एमालेलाई फाइदा छ, नत कुनै नागरिकलाई । त्यसैले संसद अवरोधको कुनै औचित्य नरहेको अध्यक्ष यादवले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू