अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५८ | Colorodo: 19:13

नेपालमा कोरोनाका कारण थप २ जनाको मृत्यु, २४ घन्टामा २ सय ५३ जना स्वस्थ

बिआरटीनेपाल २०७८ पुष १४ गते ७:२७ मा प्रकाशित

नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर थप २ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ५ सय ९० पुगेको छ । यस्तै गत २४ घन्टामा देशभर थप २ सय २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने २ सय ५३ जना स्वस्थ भएका छन् ।

मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत २४ घन्टामा देशभर ७ हजार ६ सय ८ कोरोना परीक्षण गरिएको छ । जसमा ६ हजार ४ सय ३३ आरटी पिसिआर विधिबाट गरिएको परीक्षणमा २ सय ९ जना र १ हजार १ सय ७५ एन्टिजेन परीक्षण गर्दा ११ जनामा कोरोना सङ्क्रमण देखिएको हो । योस्तै गत २४ घन्टामा देशभर २ लाख २ हजार ६ सय ८७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् भने हाल देशभर ४ हजार ८ सय ६४ सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू