अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४७ | Colorodo: 13:02

सन् २०२१ मा जलवायुजन्य विपद्का कारण अर्बौँ डलरको आर्थिक क्षति

बिआरटीनेपाल २०७८ पुष १३ गते ६:४० मा प्रकाशित

सन् २०२१ मा जलवायुजन्य विपद्का कारण विश्वभर अर्बौँ अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको छ ।हालै सार्वजनिक भएको एक प्रतिवेदनका अनुसार जलवायु परिवर्तनका कारण विश्वभर कम्तीमा १० वटा मौसमी अति विषमका घटना भएका छन् ।

प्रतिघटना एक अर्ब ५० करोड अमेरिकी डलर बराबरको क्षति भएको पाइएको छ । अमेरिकामा गएको अगस्टमा आएको आइडा आँधी तथा जुलाईमा युरोपमा आएको बाढीका कारण सबैभन्दा बढी क्षति भएको छ । बाढी तथा आँधीले तुलनात्मक रुपमा गरिब देशमा गम्भीर असर पारेको अध्ययनको निष्कर्ष छ ।

गरिब देशका नागरिक विस्थापित हुनुपरेको छ भने जनजीवनमा ठूलो असर पारेको पाइएको छ । दक्षिणी सुडानमा बाढीका कारण ८ लाखभन्दा बढी मानिस विस्थापित भएको तथा भारत, श्रीलङ्का र माल्दिभ्समा ताउते आँधीबाट दुई लाख मानिस विस्थापित हुनुपरेको प्रतिवेदनमा उल्लेख छ ।

जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानल आईपीसीसीले यसअघि सार्वजनिक गरेको विवरणमा पनि विश्वभर जलवायुजन्य विपद्का घटना बढेको उल्लेख गरेको थियो । साथै विश्वभरि नै चरम मौसमी गतिविधि, बाढी, पहिरो, वर्षा, खडेरी, अनियन्त्रित डढेलोका घटनाहरू बढेको र त्यस्ता घटना अझै बढ्न सक्ने चेतावनी दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू