अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४८ | Colorodo: 23:03

माओवादी केन्द्रको स्थायी कमिटी बैठक, महाधिबेशनको समुहगत छलफललाई थप ब्यवस्थित बनाईने

बिआरटीनेपाल २०७८ पुष १३ गते ६:३७ मा प्रकाशित

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएको छ । कमलादीस्थित प्रज्ञा भवनमा बसेको स्थायी समितिको बैठकले समूहगत छलफललाई व्यवस्थित बनाउने निर्णय गरेको छ । यस्तै बैठकमा निर्वाचन प्रक्रियाकाबारेमा पनि छलफल भएको छ ।

गत आइतबारबाट सुरु भएको आठौं महाधिवेशनको बन्दसत्रमा मंगलबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन र नेता देव गुरुङको विधान मस्यौदामाथि २५ वटा समूहमा मंगलबार छलफल भइरहेको छ ।

समूहका नेताहरूले बुधबार निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको नेता कृष्णबहादुर महराले जानकारी दिनुभयो । जारी महाधिवेशनले १५ पदाधिकारीसहित २९९ केन्द्रीय कार्यसमिति चयन गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू