अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१० | Colorodo: 20:25

अस्ट्रेलियाको सिड्नीमा सयौं मानिसलाई कोरोना संक्रमण भएको त्रुटिपूर्ण रिपोर्ट

बिआरटीनेपाल २०७८ पुष १३ गते ५:५५ मा प्रकाशित

अस्ट्रेलियाको सिड्नीमा रहेको एउटा प्रयोगशालाले सयौं मानिसलाई कोरोनाभाइरसको संक्रमण नभएको त्रुटिपूर्ण रिपोर्ट दिएको खुलासा भएको छ । क्रिसमसका समयमा भएको उक्त त्रुटि ‘तथ्याङ्क प्रशोधनमा समस्या हुँदा’ देखा परेको बताइएको छ ।

अस्ट्रेलियाको न्यू साउथ वेल्समा शक्तिशाली ओमिक्रोन भेरिअन्टको प्रवेशसँगै संक्रमण बढिरहँदा यस्तो विवरण आएको हो । अधिकारीहरूले स्वाब परीक्षण गर्ने मानिसको संख्या बढेकाले पहिला गरिएका धेरै परीक्षणको परिणाम दिन नसकिएको जनाएका छन् ।

कतिपय प्रभावित मानिसले नजानीकनै आफूहरुले क्रिसमसको समयमा आफ्ना प्रियजनलाई संक्रमण सारेको हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । सीडप्याथ नामक प्रयोगशालाले आज विज्ञप्ति जारी गर्दै कुल ८८६ जनालाई प्रभावित पार्नेगरी भएको गल्ती आफ्ना कर्मचारीले कामको चापका कारण भएकोले क्षमा मागेको छ ।

सीडप्याथले कामको चापका कारण स्वचालित प्रणालीको सट्टा हाते विधि अवलम्बन गरेको समेत उल्लेख गरेको छ । त्यसपछि पुनः स्वचालित प्रणालीमा नै फर्किएको र आफ्नो परीक्षणको गुणस्तर कायम राख्न स्वाब परीक्षणको संख्या घटाएको उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू