अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५१ | Colorodo: 20:06

दिल्लीमा ‘यलो अलर्ट’ जारी : शैक्षिक संस्था बन्द, विवाह र दाहसंस्कारमा २० जनामात्रै जान पाउने

बिआरटीनेपाल २०७८ पुष १३ गते ५:५४ मा प्रकाशित

कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित बढ्न थालेपछि भारतको दिल्लीमा थप प्रतिबन्ध लगाइएको छ । मंगलबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ‘ग्रेडेड रेस्पोन्स एक्शन प्लान’ लागू गरिएको जानकारी गराउनुभयो । योसँगै दिल्लीमा ‘यलो अलर्ट’ जारी गरिएको छ । ‘यलो अलर्ट’ लागू भएपछि दिल्लीका सबै शैक्षिक संस्था बन्द गरिने भारतीय समाचारमाध्यमले जनाएका छन् ।

त्यस्तै, विवाह समारोह र दाहसंस्कारमा २० जनाभन्दा बढी भेला हुन पाउने छैनन् भने ५० प्रतिशत क्षमतामा मात्रै दिल्लीका मेट्रो र बस सेवा सञ्चालन गर्नुपर्नेछ । यसबाहेक, सिनेमा हल, पार्टी प्यालेस र मनोरञ्जन केन्द्रसमेत बन्द गरिनेछ ।

५० प्रतिशत क्षमतामा बिहान ८ बजेदेखि राति १० बजेसम्म रेष्टुरेन्ट सञ्चालन गर्न पाइनेछ । अटो, ई–रिक्सा, ट्याक्सीमा दुईजनाले मात्रै यात्रा गर्न पाउने लगायतका नियम लागू हुनेछन् ।

हालसम्म भारतका २१ राज्यमा ओमिक्रोन भेरियन्ट फैलिएको छ । ओमिक्रोनका संक्रमितमध्ये सबैभन्दा धेरै महाराष्ट्र र दिल्लीमा छन् । महाराष्ट्रमा आजसम्म १ सय ६७ जना र दिल्लीमा १ सय ६५ जनामा यो भेरियन्ट पुष्टि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू