अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५९ | Colorodo: 10:14

सिरिञ्ज अभाव भएपछि फाइजर खोप अभियान तत्कालका लागि स्थगित

बिआरटीनेपाल २०७८ पुष १२ गते ७:१६ मा प्रकाशित

खोपका लागि सिरिञ्ज अभाव भएपछि मंगलबारदेखि दिइने भनिएको फाइजर खोप अभियान तत्कालका लागि स्थगित भएको छ । स्वास्थ्य सेवा विभाग खोप शाखाका प्रमुख सागर दाहालले सिरिञ्ज नआएपछि केही समयका लागि खोप अभियान स्थगित भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयोे, ‘खोप हामीलाई अनुदानमा प्राप्त भएको हो । खोपसँगै सिरिञ्ज पनि आउनुपर्ने हो त्यो नआएकाले खोप अभियान केही समय होल्ड गर्नुपरेको हो ।’

उहाँले फाइजर खोपका लागि मात्र सिरिञ्ज नआएको भन्दै अरु खोपहरु ढुक्कले लगाउन आग्रह गर्नुभयो । दाहालका अनुसार फाइजर खोपका लागि ०.३३ एमएमको सिरिञ्ज आवश्यक पर्छ । ‘खोप, सिरिञ्ज, डाइलुएन्ट सबै सँगै दिनुपर्ने हो । डाइलुएन्ट पनि २९ तारिखमा आउँदैछ । अभियानका लागि ६ लाख ६४ हजार फाइजर खोप आइसकेको छ ,’ उहाँले भन्नुभयो ।

सिरिञ्ज आउनेबित्तिकै खोप अभियान सुरु हुने बताईएको छ । सरकारले ८ जिल्लामा पुस १३ गतेदेखि २२ गतेसम्म फाइजर खोप दिने जनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू