अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५८ | Colorodo: 23:13

नेपालको महिला टोलीको लगातार पाँचौ जित

बिआरटीनेपाल २०७८ पुष १२ गते ७:०९ मा प्रकाशित

बंगलादेशमा जारी एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा नेपालको महिला टोलीले लगातार पाँचौ जित निकालेको छ । ढाकामा आज राउण्ड रोबिनको अन्तिम खेलमा किर्गिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै नेपालले लगातार पाँचौं जित निकालेको हो ।

नेपालले किर्गिस्तानमाथि २५–८,२५–१४ र २५–१७ को सेटमा जित निकालेको हो । यस जितसँगै नेपाल फाइनलमा पुगेको छ । नेपालले ५ खेलमा १४ अंक जोडेको छ । यस अघि नेपालले पहिलो खेलमा श्रीलंकालाई ३–२ सेटमा हराएको थियो ।

दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३–० र तेस्रो खेलमा बंगलादेशलाई ३–० को सेटमा हराएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू