अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०३ | Colorodo: 09:18

शेयर बजार ७१ अङ्कले बढ्यो, बीमा समूहमा हरियाली, १८ वटा कम्पनीको शेयरमा सर्किट

बिआरटीनेपाल २०७८ पुष ११ गते ७:३४ मा प्रकाशित

हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ७१ दशमलव दुई अङ्कले बढेर दुई हजार पाँच सय ९१ दशमलव ४२ विन्दुमा पुगेको छ ।आज जलविद्युत् र फाइनान्सबाहेक सबै समूहको शेयर बढेको छ । आज बीमा समूहको शेयरमा हरियाली आएको छ । जीवन बीमा समूहको शेयर झन्डै एक हजार अङ्क र निर्जीवन बीमा समूहको शेयर नौ सय सात अङ्कले बढेको छ ।

आज १८ वटा बीमा कम्पनीको शेयर १० प्रतिशतले उकालो लागेको छ । यस्तै आजदेखि कारोबार सुरु भएको मध्य भोटेकोसी जलविद्युतको शेयरमा पनि सकारात्मक सर्किट लागेको छ । समग्र बजार बढे पनि गोर्खाज फाइनान्सको शेयर साढे पाँच प्रतिशतले घटेको छ । आज दुई सय ३१ कम्पनीका ८६ लाख एक हजार कित्ता शेयर पाँच अर्ब १७ करोड रुपैयाँमा कारोबार भयो । सबैभन्दा धेरै नबिल बैंकको ३२ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू