अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१९ | Colorodo: 07:34

नोबेल पुरस्कार विजेता डेसमन्ड टुटुको निधन

बिआरटीनेपाल २०७८ पुष ११ गते ७:२९ मा प्रकाशित

दक्षिण अफ्रिकामा रङ्गभेद अन्त्य गर्न महत्त्वपूर्ण भूमिका खेल्ने डेसमन्ड टुटुको ९० वर्षको उमेरमा निधन भएको छ । नोबेल शान्ति पुरस्कार विजेतासमेत रहनुभएका इसाई पादरी टुटुको आज आइतवार निधन भएको हो ।

टुटुलाई दक्षिण अफ्रिकामा रङ्गभेद विरोधीको प्रतीकको रूपमा पनि चिनिन्छ । उहाँको निधनमा दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामफोसाले दुःख व्यक्त गर्नुभएको छ । राष्ट्रपति रामफोसाले टुटुको निधन भएको जानकारी दिँदै उहाँको निधन दक्षिण अफ्रिकामा एक बहादुर पिढीँको समाप्ति भएको बताउनुभयो ।

सन् १९८४ मा डेसमन्ड टुटुलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । उहाँ भारतमा सन् २००७ मा गान्धी पुरस्कारबाट पनि सम्मानित भइसक्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू