अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०० | Colorodo: 09:15

नेपालमा थपिए २१९ कोरोना संक्रमित, २८३ जना संक्रमणमुक्त

बिआरटीनेपाल २०७८ पुष ११ गते ७:१९ मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा २१९ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७१८० जनाको पिसिआर र २४९७ जनाको एन्टिजेन परीक्षण गर्दा २१९ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट २ जना मृत्यु भएको छ । योसँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ८५ पुगेको छ । आइतबार २८३ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।हाल ४ हजार ९०६ सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू