अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२१ | Colorodo: 19:36

“ एमालेसंगको पार्टी एकता गल्ती थिएन, किन जोगाउन सकेनौँ आत्मसमीक्षा गरौँ ” – अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७८ पुष ११ गते ७:१३ मा प्रकाशित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा विभिन्न दलका नेताहरू तथा प्रतिनिधिहरूले व्यक्त गरेको विचार मननयोग्य रहेको बताउनुभएको छ । पार्टीको महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राप्रपा, नेकपा माले, नेकपा एमाले र काँग्रेस सभापतिसमेत प्रधानमन्त्री शेरबहादुर देउवाका अभिव्यक्तिप्रति आभार प्रकट गर्नुभयो ।

प्रधानमन्त्री देउवाले संविधानसभाबाट संविधान निर्माण हुनुमा प्रचण्डको भूमिका प्रमुख रहेको भन्दै दिएको अभिव्यक्ति ‘महत्वपूर्ण’ रहेको भन्दै प्रचण्डले देउवाले पनि समय समयमा निकै गम्भीर र अर्थपूर्ण अभिव्यक्ति दिने गरेको स्मरण गर्नुभयो ।

प्रचण्डले नेकपा एमालेका महासचिव शंकर पोखरेलले उद्घाटन सत्रलाई सम्बोधन गर्दै दिएको अभिव्यक्ति पनि महत्वपूर्ण रहेको बताउनुभयो । पार्टी एकता गरेर आफूहरूले गल्ती नगरेको प्रस्ट पार्दै उहाँले पार्टी एकताको उद्देश्यमा गल्ती नहुँदा नहुँदै एकता जोगाउन नसक्नुमा कहाँ र केमा गल्ती भयो भन्नेबारे आत्मसमीक्षा गर्न जरुरी रहेको बताउनुभयो । प्रचण्डले गम्भीर आत्मसमीक्षासहित जनता र राष्ट्रसामु समर्पित हुने गरी महाधिवेशनमा प्रस्तुत हुन पार्टीका कार्यकर्ताहरूलाई आग्रहसमेत गर्नुभएको छ ।

प्रथम राष्ट्रिय सम्मेलनलाई हिजोमात्र महाधिवेशन बनाउने योजना बनाएको र आज केन्द्रीय समितिको बैठकबाट निर्णय भएको भन्दै छोटो समयमा पनि सबै दलका प्रमुख नेता तथा प्रतिनिधिहरू सहभागी भएर महाधिवेशनको गरिमा बढाइदिएको भन्दै प्रचण्डले आभार ब्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू