अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४२ | Colorodo: 19:57

“प्रचण्डको अडानकै कारण हामी संविधान सभाको चुनावमा गएका हौँ” – प्रधानमन्त्री देउवा

बिआरटीनेपाल २०७८ पुष ११ गते ७:१२ मा प्रकाशित

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै अडानका कारण आफूहरू संविधानसभाको चुनावमा गएको बताउनुभएको छ ।आज आइतवार प्रज्ञा भवनमा माओवादी केन्द्रको महाधिवेशनलाई शुभकामना दिँदै सभापति देउवाले नेपालको राजनीतिक परिवर्तनमा माओवादीका अध्यक्ष प्रचण्डको ठूलो योगदान रहेको बताउनुभयो ।

‘संविधान सभाको चुनाव हामीले पनि २०७७ सालदेखि नै माग गरेका थियौँ, सफल भएको थिएन, तर पछिल्लो समय प्रचण्डको अडान र अग्रसरताले संविधान सभाको चुनाव भयो’, उहाँले भन्नुभयो । प्रधानमन्त्री देउवाले संविधान सभाको चुनावपछि देशमा लोकतन्त्रको स्थापना, समानुपातिक प्रतिनिधित्व बनेको र विभिन्न अधिकार प्राप्त भएको बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू