अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५९ | Colorodo: 10:14

एमसीसी पारित भए मुलुक दुश्चक्रमा फस्छ – नेता बास्तोला

बिआरटीनेपाल २०७८ पुष १० गते ६:३८ मा प्रकाशित

नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलाले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेस (एमसीसी) पारित गरिए मुलुक गम्भीर दुश्चक्रमा फस्ने चेतावनी दिनुभएको छ ।शनिबार काठमाडौंमा आयोजित ‘अमेरिकी लोकतन्त्रको यथार्थ र एमसीसी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता बास्तोलाले एमसीसी सम्झौंताबारे नेपाल सरकारले अमेरिकी सरकारलाई पठाएको पत्राचार सार्वजनिक हुनुपर्ने मागसमेत गर्नुभयो ।

एमसीसी यथास्थितिमा संसदबाट पारित गराए त्यसको शिकार नेपालका नेताहरू आफैं हुने उहाँको भनाइ छ । अमेरिकाले डेमोक्रेसीको नाममा नेपालमार्फत् भारतलाई पनि नियन्त्रणमा लिने प्रयास गरिरहेको भन्दै आपत्ति जनाउनुभयो । ‘अमेरिका एमसीसीमार्फत् भारतमा पनि नियन्त्रण गर्न चाहन्छ,’ उहाँले भन्नुभयो, ‘अमेरिकाले डेमेक्रेसीको नाममा लुटपाट मच्याउने काम गरिरहेको छ, नेपालका पनि एमसीसी भनेर डकैती गर्न खोजिएको छ ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू