अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५५ | Colorodo: 20:10

एपीएफ क्लब, प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश

बिआरटीनेपाल २०७८ पुष १० गते ६:३५ मा प्रकाशित

सशस्त्र प्रहरीको एपीएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा आज भएको खेलमा लुम्बिनी प्रदेशलाई ३८ रनले हराउँदै एपीएफ फाइनल पुगेको हो । एपीएफले अब उपाधिका लागि प्रदेश १ सँग प्रतिस्पर्धा गर्नेछ । पहिलो सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराउँदै प्रदेश १ फाइनल पुगिसकेको छ ।

एपीएफले दिएको १ सय ३० रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ५ विकेट गुमाएर ९१ रन मात्र बनाउन सक्यो । यसअघि पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा ३ विकेट गुमाएर १ सय २९ रन बनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू