अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२३ | Colorodo: 08:38

नेपालमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ५ हजार भन्दा कम

बिआरटीनेपाल २०७८ पुष १० गते ६:२७ मा प्रकाशित

नेपालमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ५ हजारभन्दा कम भएको छ । आज थप १ सय ६७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ९ सय ७८ जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हिजो सक्रिय सङ्क्रमित ५ हजार ४८ थियो ।

मन्त्रालयका अनुसार आज ६ हजार ४ सय ६७ जनाको परीक्षण गर्दा १ सय ६७ जनाको रिपोर्ट पोजेटिभ आएको हो । यस्तै २४ घण्टामा २ सय २६ जना निको भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमण निको हुनेको सङ्ख्या ८ लाख १० हजार ४ सय ९७ पुगेको छ । यसैगरी थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

यसैबीच गत २४ घण्टामा साढे २ लाखभन्दा धेरैले कोरोना विरुद्धको खोप लगाएका छन् । २ लाख ५५ हजार ४ सय ५८ जनाले खोप लगाएका मन्त्रालयले जनाएको छ । सरकारले १ करोड ९९ लाखभन्दा धेरै नागरिकलाई खोप लगाउने लक्ष्य लिएअनुसार आजसम्ममा ५० दशमलव १ प्रतिशतले पूर्ण मात्रा र ६५ दशमलव ८ प्रतिशतले एक मात्रा खोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू