अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२६ | Colorodo: 19:41

कैलालीमा युवक हत्या प्रकरणले पूर्व–पश्चिम राजमार्ग बन्द

बिआरटीनेपाल २०७८ पुष ९ गते ७:१६ मा प्रकाशित

कैलालीको जानकी गाउँपालिका ९ का २५ वर्षीय अर्जुन दासको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् ।हत्या प्रकरणमा प्रहरीले संलग्नलाई पक्राउ गर्न नसकेको भन्दै लम्कीमा स्थानीयवासीले राजमार्ग बन्द गरेका हुन् । राजमार्ग बेलुकासम्म बन्द रहने सङ्घर्ष समितिका संयोजक ललित परियारले बताउनुभयो ।

दासको हत्याका दोषीलाई तत्काल पक्राउ गरेर कडा कारबाही हुनुपर्ने उनीहरूको माग छ । जिल्ला प्रहरी कार्यालय कैलालीले भने केहीबेरमा राजमार्ग खोलिने जनाएको छ । राजमार्ग खोल्न प्रयास भइरहेको र चाँडै खोलिने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताउनुभयो ।

गएको शुक्रवार बेलुका घरबाट हिँडेका अर्जुन दासको शव शनिवार नजिकैको अमरावती सामुदायिक वनमा भेटिएको थियो । यस घटनामा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका र अरू तीन जना फरार रहेका प्रहरीले बताएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू